Logo

लुइस सुआरेजले ब्राजिल र बार्सिलोनाविरुद्धको खेल गुमाउने



Spread the love

एजेन्सी। स्पेनिस ला लिगा अन्तर्गत शनिबार हुने एटलेटिको म्याड्रिड र बार्सिलोनाविरुद्धको खेल लुइस सुआरेजले गुमाउने भएका छन् ।

उरुग्वेको राष्ट्रिय टोलीमा रहेका सुआरेजलाई कोरोना संक्रमण पुष्टि भएसँगै उनले खेल गुमाउने भएका हुन् । सुआरेजलाई कुनै लक्षण भने देखिएको छैन ।

उरुग्वेले मंगलबार नै विश्वकप छनोट अन्तर्गत महत्त्वपूर्ण खेलमा ब्राजिलको सामना गर्दैछ । सुआरेजले यो खेलसँगै शनिबार ला लिगामा हुने बार्सिलोनाविरुद्ध खेल पनि गुमाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्