एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का ६५ जना कर्मचारीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संगठनका अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार कोरोनाको महामारी फैलिएदेखि अहिलेसम्म संगठनका ६५ जना सङ्क्रमित भएका हुन् ।
उनीहरु सबै जना संगठनको केन्द्रीय कार्यालय जेनेभामा कार्यरत कर्मचारी रहेको पनि अधिकारीहरुले बताएका छन् ।
डब्लुएचओले ट्वीटरबाट दिएको जानकारी अनुसार सङ्क्रमण भएका सवैलाई पर्याप्त उपचारको व्यवस्था गरिएको छ ।
जोन हकिङ्स विश्वविद्यालयका अनुसार विश्वभरी अहिलेसम्म कुल पाँच करोड ४६ लाख ७८ हजार १५९ जना सङ्क्रमित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्