एजेन्सी। कोरोना संक्रमणको सुरुवातबारे नयाँ तथ्य सार्वजनिक भएको छ । चीनको वुहानमा कोरोना संक्रमण देखिनु भन्दा तीन महिना अघि नै इटलीमा भाइरसको संक्रमण शुरु भइसकको प्रमाण फेला परेको वैज्ञानिकहरुले दाबी गरेका हुन् ।
मिलानस्थित नेसनल क्यान्सर संस्थानका जीवन वैज्ञानिक डा. गब्रिएला सोजीको नेतृत्वमा रहेको टोलीले टुमोरी जर्नलमा सन् २०१९ डिसेम्बर अन्त्यतिर चीनको वुहानमा देखिएको भनिएको कोरोना संक्रमण त्यसभन्दा अघि नै इटलीमा सुरु भइसकको तथ्य सार्वजनिक गरेका हुन् ।
यसबाट चीनको वुहानमा गत डिसेम्बरमा कोरोना संक्रमण देखिनुभन्दा पहिले इटलीमा मानिसलाई संक्रमण देखिएको भन्ने पुष्टि भएको अनुसन्धानकर्ताको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्