Logo

मैत्रीपूर्ण सिरिजको दोस्रो खेल- हारको बदला लिने दाउमा नेपाल



Spread the love

२ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण सिरिजको दोस्रो खेलमा आज बंगलादेशको राष्ट्रिय टोलीसंग प्रतिस्पर्धा गर्दैछ । बंगबन्धु रंगशालामा खेल नेपाली समयअनुसार साँझ ४:४५ बाट सुरु हुनेछ।

नेपाल पहिलो खेलमा भोगेको हारको बदला लिने रणनीतिका साथ मैदान उत्रदैछ । नेपालले पहिलो खेल २-० ले गुमाएपछि अब सिरिज उपाधि जित्न त्यस नतिजालाई उल्टाउनु पर्नेछ ।

प्रशिक्षक बालगोपाल महर्जनले खेलको पूर्वसन्ध्यामा बोल्दै आफ्नो टोली खेलको लागि तयार रहेको बताए।

प्रतिक्रिया दिनुहोस्