Logo

रामोस पेनाल्टीमा चुक्दा स्विटजरल्यान्डसँग बराबरीमा रोकियो स्पेन



Spread the love

एजेन्सी। स्पेन नेसन्स लिगको समूह ए ४ मा स्विटजरल्यान्डसँग १-१ को बराबरीमा रोकिएको छ ।

स्पेनका लागि १ सय ७७ औं खेल खेल्दै राष्ट्रिय टोलीबाट सर्वाधिक खेल खेल्ने युरोपेली खेलाडी बनेका रामोसले खेलका दौरान दुई पेनाल्टी मिस गरेका थिए।

घरेलु टोलीले २६ औं मिनेटमा ब्रिल एम्बोलोको क्रसमा रिमो फ्रयूलरले गोल गरेपछि अग्रता लिएको थियो । खेलको ८९ औं मिनेटमा सर्जियो रेगुईलोनको क्रसमा जेरार्ड मोरेनोले गोल गर्दै स्पेनको लाज बचाए ।

यस बराबरीले स्पेनको अर्को चरणमा पुग्ने सम्भावना भने जीवित नै छ । स्पेन ५ खेलमा ८ अंकसहित दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्