Logo

पोर्चुगलको हार, फ्रान्स सेमिफाइनलमा



Spread the love

एजेन्सी। यूईएफए नेसन्स लिग अन्तर्गत गएराती भएको खेलमा फ्रान्ससँग पराजित भएपछि पोर्चुगल उपाधि होडबाट बाहिरिएको छ । घरेलु मैदानमा साविक विजेता पोर्चुगल १-० ले पराजित भएको हो ।

५३ औं मिनेटमा एनगोलो कान्टेले एकमात्र गोल गर्दै फ्रान्सको जित पक्का गरे ।

जितसंगै फ्रान्स नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

फ्रान्सको ५ खेलमा ४ जित र १ बराबरीसहित १३ अंक छ भने पोर्चुगल १ हार, ३ जित र १ बराबरीसहित १० अंकमा छ ।

प्रतिक्रिया दिनुहोस्