Logo

ब्राजिलको कठिन जित, चिलीले हरायो पेरुलाई



Spread the love

एजेन्सी। ब्राजिलले फिफा विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोटमा भेनेजुएलालाई १-० ले हराएको छ ।

खेलको ६७ औं मिनेटमा फिर्मिनोले भेनेजुएलाको डिफेन्सको गल्तिको फाइदा उठाउँदै गोल गरेका थिए । त्यसअघि ब्राजिलले खेलको आठौं मिनेटमा नै अग्रता लिएपनि भीएआरले मान्यता दिएन ।

जितसँगै ब्राजिल दक्षिण अमेरिकी छनोटमा लगातार तीन जित दर्ता गर्ने एक्लो टोली बनेको छ । तेस्रो चरणको खेल सकिँदा शीर्षस्थानमा रहेको ब्राजिलको ३ खेलमा ९ अंक छ ।

यस्तै, छनोट अन्तर्गत अर्को खेलमा चिलीले पेरुलाई २-० ले पराजित गरेको छ । चिलीका लागि अर्टुरो भिदालले दुई गोल गरे । भिदालले खेलको २०औं र ३५औं मिनेटमा गोल गरे । पहिलो जित हात पारेको चिली ३ खेलबाट ४ अंक जोड्दै छैटौं स्थानमा उक्लेको छ । ३ खेलबाट १ अंक मात्र रहेको पेरु आठौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्