Logo

१० खेलाडीमा समेटिएको कोलम्वियामाथि उरुग्वेको सानदार जित



Spread the love

एजेन्सी। फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोट खेलमा उरुग्वेले सानदार जित निकालेको छ । उरुग्वेले १० खेलाडीमा समेटिएको घरेलु टोली कोलम्वियामाथि ३–० को जित हात पारेको हो ।

खेलको पाँचौ मिनेटमा नै नान्डेजको पासमा एडिन्सन काभनीको गोलबाट उरुग्वेले सुरुवाती अग्रता बनायो । ५४औं मिनेटान लुइस सुआरेजले पेनाल्टीमार्फत गोल गर्दै उरुग्वेको अग्रता दोब्बर पारे । ७२औं मिनेटमा डार्विन नुनेजले गोल गर्दै उरुग्वेको जित पक्का गरे ।

जितसँगै उरुग्वे ३ खेलबाट ६ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ भने कोलम्विया ४ अंक जोडेर छैटौ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्