Logo

बंगलादेशसँग नेपाल पराजित



Spread the love

२८ कार्तिक, काठमाडाैँ । नेपाल बंगलादेशसँग पराजित भएको छ । बंगलादेशको बंगबन्धु रंगशालामा भएको खेलमा नेपाल २–० गोल अन्तरले पराजित भएको हो ।

नेपाललाई पराजित गराउन बंगलादेशका नविद जीवनले गोल गर्दै खेलको नवाैँ मिनेटमा नै बंगलादेशलाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको ८० औं मिनेटमा महबुबुर रहमानले गोल गर्दै बंगलादेशको जीत निश्चित गरे ।

नेपालले बंगलादेशसँग ५ वर्षपछि हार व्यहोरेको हो । यसअघिको खेलमा नेपालले बंगलादेशलाई साफ च्याम्पियनसिपमा २–० गोलले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्