Logo

प्राधिकरणको आग्रह – तिहारमा निर्धक्कसँग विद्युतको प्रयोग गर्नुहोस्



Spread the love

२८ कार्तिक, काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले तिहारको समयमा विद्युत् आपूर्ति पर्याप्त हुने स्पष्ट पारेको छ ।

विगतका वर्षहरुमा लक्ष्मी पूजाको दिन अत्याधिक विद्युत् माग हुने गरेकाले यस पटक भने सामान्य दिनमा भन्दा अझ कम खपत हुने प्राधिकरणको अनुमान छ ।

प्राधिकरणले सूचना प्रकाशित गर्दै तिहारमा निर्धक्कसँग विद्युतको प्रयोग गर्न आग्रह गरेको छ ।

दीपावलीको अवसरमा विद्युत सेवा अवरुद्ध हुन नदिन प्राधिकरणले विभिन्न उपायहरु अपनाइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्