Logo

बलिउडमा अर्को हलचल, सुशान्तसँग काम गरेका अभिनेता धर्मशालामा मृत भेटिए



Spread the love

२७ कार्तिक, एजेन्सी । सुशान्त सिंह राजपूतसँग काम गरेका बलिउड अभिनेता मृत भेटिएका छन् । मृत राजपुतसँगै काम गरेका अभिनेता आसिफ बसराले आत्महत्या गरेको पाइएको हो ।

भारतीय मिडिया दैनिक भाष्कारका अनुसार ५३ वर्षीय हिमाचल प्रदेशको धर्मशालामा आत्महत्या गरेका हुन् । आफ्नो घर पालुवा कुकुरलाई बाँध्ने डोरीले पासो लगाएर उनले आत्महत्या गरेको बताइएको छ ।

आत्महत्या गरेका बसरा डिप्रेशनसँग जुधिरहेको पनि बताइएको छ ।

सुशान्त सिंह राजपुतसँग काम गरेका बसराले वो, ब्ल्याक फ्राइडे, जब वी मेट, वान्स अपन अ टाइम इन मुम्बई र कृष ३ लगायत फिल्ममा अभिनय गरेका थिए ।

प्रहरीले आसिफसँग करिब पाँच वर्षदेखि म्यालोडगन्जमा बसिरहेकी एक महिलालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्