Logo

बंगलादेशमा रहेका राष्ट्रिय फुटबल टोलिका एक खेलाडीमा कोरोना संक्रमण पुष्टि



Spread the love
तस्बिर – एन्फा

२७ कार्तिक, काठमाडौं। अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि बंगलादेशमा रहेका राष्ट्रिय फुटबल टोलिका एक खेलाडीमा कोरोना संक्रमण देखिएको छ । ढाकामा बुधबार गरिएको कोरोना परिक्षणमा एक खेलाडीको नतिजा पोजेटिभ आएको हो ।

अन्य खेलाडीको नतिजा भने नेगेटिभ आएको छ । संक्रमण पुष्टि भएका खेलाडीको स्वास्थ्य अवस्था सामान्य छ ।

नेपालले भोलि बंगलादेशसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ ।

यस्तै नेपालले मंसिर २ गते दोस्रो मैत्रीपूर्ण खेल खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्