Logo

राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने



Spread the love

२७ कार्तिक, काठमाडौं। कोरोना संक्रमणपछि मेडिसिटी अस्पतालमा उपचाररत राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको सबै उपचार खर्च सरकारले व्यहोर्ने भएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद वैठकले पूर्व उपप्रधानमन्त्री समेत रहेका केसीको सम्पूर्ण उपचार खर्च सरकारले ब्यहोर्ने निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।

मंगलबार मेडिसिटी अस्पतालमा भर्ना भएका अध्यक्ष केसीको बुधबार कोरोना रिपोर्ट पोजिटिभ आएको थियो।

प्रतिक्रिया दिनुहोस्