Logo

इटाली र पोर्चुगलको सानदार जित, फ्रान्स फिनल्यान्डसँग पराजित



Spread the love

एजेन्सी। पोर्चुगलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण पूर्ण खेलमा एन्डोरामाथि सानदार जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा पोर्चुगल ७-० ले जित निकालेको हो ।

पोर्चुगलका लागि पाउलिन्होले २ गोल गर्दा क्रिस्टियानो रोनाल्डो, जोआओ फेलिक्स, पेड्रो नेटो र रेनाटो सान्चेसले १-१ गोल गरे । एक गोल भने आत्मघाती भएको थियो ।

पोर्चुगलले अब नेसन्स लिग ‘ए’ ३ मा दुई महत्वपुर्ण खेलमा फ्रान्स र क्रोएसियासँग भिड्नेछ ।

अर्को अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इटालीले इस्टोनियामाथि सानदार जित हासिल गरेको छ । इटालीले घरेलु मैदानमा इस्टोनियामाथि ४–० को सानदार जित हात पारेको हो ।

इटालीको सानदार जितमा भिनसेन्जो ग्रिफोले दुई तथा फेडरिको बर्नार्डेस्की र रिकार्डाे ओर्साेलिनीले समान एक-एक गोल गरे । पहिलो र दोस्रो हाफमा समान २–२ गोल भएको थियो ।

अब इटालीले नेसन्स लिग ‘ए’ १ मा पोल्यान्ड र बोस्निया एन्ड हर्जगोभिनासँग खेल्नेछ ।

विश्वविजेता फ्रान्स अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा मैत्रीपुर्ण खेलमा फिनल्यान्डसँग स्तब्ध बनेको छ । फ्रान्स घरेलु मैदानमा फिनल्यान्डसँग २–० ले स्तब्ध बनेको हो ।

यससँगै फ्रान्सको अपराजित यात्रामा पुर्णविराम लागेको छ । २०१९ मा भएको युरो छनोटमा टर्कीसँग २–० ले पराजित भएयता फ्रान्स पछिल्लो १२ खेलमा अपराजित रहेको थियो ।

स्टेट डि फ्रान्स पेरिसमा बुधबार राति भएको खेलमा घरेलु टोलीलाई स्तब्ध पार्न फिनल्यान्डका मार्कुस फोर्स र ओन्नी भालाकारीले गोल गरे । फिनल्ल्यान्डले पहिलो हाफमा चार मिनेटको अन्तरमा दुई गोल गर्दै जित पक्का गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्