Logo

नेपाल–चीन सीमा विवादको आधारहीन हल्ला फैलाएको कांग्रेसलाई आरोप



Spread the love

२६ कार्तिक, काठमाडौ । चीनले नेपालको भूमि मिचेको भन्ने तथ्यहीन खबर फैलाउन नेपाली कांग्रेसका नेता लागि परेको चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सले आरोप लगाएको छ । हू इज बिहाइन्ड द फ्याब्रिकेटेड रिपोर्टस प्रोभोकिङ्ग नेपाल एग्नेस्ट चाइना शिर्षकको खबरमा हुम्ला जिल्लासँग सीमा जोडिएको क्षेत्रमा चिनियाँ सेनाले नेपाली भूमि मिचेर भवन बनाएको भन्ने आरोप निराधार भएको उल्लेख छ ।

तथ्यहीन खबर फैलाउन पश्चिमा तथा भारतीय सञ्चारमाध्यमले सहयोग गरेको उल्लेख छ ।

त्यसमा भारत पक्ष ठानिएको नेपाली कांग्रेस र उसका नेताहरु लागि परेको आरोप ग्लोबल टाइम्सको खबरमा लगाइएको छ ।

कर्णाली प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता तथा पूर्व पर्यटन मन्त्री जीवनबहादुर शाहीले चीन विरोधी गतिविधिको नेतृत्व गरेको ग्लोबल टाइम्सको खबरमा आरोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्