Logo

बार्सिलोनाका फाती चार महिना मैदान बाहिर रहने



Spread the love

एजेन्सी। क्याटलान क्लब बार्सिलोनाका मिडफिल्डर अन्सु फाती ४ महिना मैदान बाहिर रहने भएका छन् । उनको बाँया खुट्टाको घुडाको शल्यक्रियापछि उनी चार महिना मैदान बाहिर रहने क्लबले जनाएको छ ।

१८ वर्षीय फातीले शनिबार राति रियल बेटिसमाथि ५–२ को सानदार जित निकालेको खेलमा चोट बोकेका थिए । उनको घुडाको मेनिस्कस इन्ज्युरी भएको थियो ।

उनको सोमबार नै शल्यक्रिया गरिएको छ । शल्यक्रियामा संलग्न डक्टर रमोन कुगाटका अनुसार फाती पुर्ण रुपमा खेलमा फर्कन चार महिना लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्