Logo

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी हितेन्द्रदेव शाक्यलाई



Spread the love

२४ कार्तिक, काठमाडौं। नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन्। ऊर्जा मन्त्रालयले शाक्यलाई बरिष्ठताका आधारमा प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । उनले सोमबार नै पदबहाली गरेका छन् ।

कुलमान घिसिङको कार्यकाल सकिएपछि मन्त्रालयले लेखनाथ कोइरालालाई निमित्तको जिम्मा दिएको थियो ।

ऊर्जामन्त्री पुनले शुक्रबार प्राधिकरण सञ्चालक समिति बैठकमा शाक्यलाई कार्ज फिर्ता गराउन निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्