Logo

पेनाल्टीमा चुक्दा म्यानचेष्टर सिटी लिभरपुलसँग बराबरीमा, एस्टन भिल्लासँग आर्सनल पराजित



Spread the love

एजेन्सी । प्रिमियर लिगमा म्यानचेष्टर सिटीले लिभरपुलसँग बराबरी खेल्दै अंक बाँडेको छ ।
घरेलु मैदान भएको खेलमा सिटीले एक गोलले पछि परेको स्थिति उल्टाउदै बराबरी गोल फर्कायो तर डे ब्रुएनाले पेनाल्टी चुकाउँदा जित हात पार्ने अवसर गुमायो ।

खेलको १३औं मिनेटमा मोहमद शलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । ३१औं मिनेटमा गाब्रीएल जेससले सिटीका लागि बराबरी गोल फर्काए ।

त्यसपछि खेलमा थप गोल हुन सकेन र सिटी र लिभरपुलले बराबरी खेल्दै अंक बाँडे । बराबरीपछि लिभरपुलले शीर्ष स्थानमा फर्कने अवसर भने गुमायो ।

आर्सनल एस्टन भिल्लासँग ३-० ले पराजित भएको छ । एस्टनभिल्लाका लागि ओली वाट्किन्सले दुई गोल गरे भने आर्सनलका बुकायो साकोले एक आत्मघाती गोल उपहार दिए ।

प्रतिक्रिया दिनुहोस्