Logo

लाजियोसँग बराबरीमा रोकियो साविक विजेता युभेन्ट्स



Spread the love

एजेन्सी । साविक विजेता युभेन्ट्स सिरी ए मा लाजियोसंग बराबरीमा रोकिएको छ । इन्जुरी समयमा गोल खाएपछि युभेन्टस लाजियोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलको १५औं मिनेटमै क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । इन्जुरी टाइमको पाँचौ मिनेटमा लाजियोका फेलिपे साइसिडोले गोल गरेपछि युभेन्ट्स जितबाट बन्चित भएको हो ।

७ खेलबाट १३ अंक जोडेको युभेन्ट्स पाँचौ स्थानमा उक्लेको छ । समान खेलबाट ११ अंक रहेको लाजियो नवौं स्थानमा छ

हेनिख मिखातर्यनको ह्याट्रिकमा रोमा जेनोअलाई ३-१ ले पराजित गर्दै चौथो स्थानमा उक्लेको छ ।

यस्तै अर्को खेलमा इन्टर र एटलान्टाले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

प्रतिक्रिया दिनुहोस्