२३ कार्तिक, काठमाडौं। विश्वव्यापी कोरोनाको दोस्रो लहर शुरु भएयता अष्ट्रिया र चेक रिपव्लिकमा रहेका थप नेपालीमा संक्रमण देखिएको छ ।
गत साता विदेशमा रहेका थप १ हजार १ सय ६३ जना नेपालीलाई कोरोनामुक्त भएका छन् भने थप ५ सय ४४ जनामा संक्रमण देखिएको गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिले जनाएको छ ।
अहिलेसम्म ४४ हजार १ सय १३ जना विदेशमा रहेका नेपालीलाई कोरोना संक्रमणमा पुष्टि भइसकेको छ ।
गत साता साउदी अरबमा थप १ जना नेपालीको कोरोनाबाट ज्यान गुमाएका छन् ।
प्रतिक्रिया दिनुहोस्