Logo

रियल म्याड्रिडका हजार्ड र क्यासेमिरोलाई कोरोना संक्रमण पुष्टि



एजेन्सी। स्पेनिस च्याम्पियन रियल म्याड्रिडका इडेन हाजार्ड र क्यासेमिरोलाई कोरोना संक्रमण पुष्टि भएको छ । स्पेनिस क्लबले शनिबार विज्ञप्ति जारी गर्दै हाजार्ड र क्यासेमिरोलाई संक्रमण भएको पुष्टि गरेको हो ।

क्लबका अन्य खेलाडी र कर्मचारी सदस्यको भने रिपोर्ट नेगेटिभ आएको जनाएको छ ।

रियलले आइतबार हुने खेलमा भ्यालेन्सियाको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्