Logo

तत्काल सचिवालय बैठक बोलाउन प्रचण्डसहित ५ नेताको लिखित आग्रह



Spread the love

२२ कार्तिक, काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्यले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल बैठक बोलाउन आग्रह गरेका छन् ।

शनिबार बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेर उनीहरुले लिखितरुपमै बैठक बोलाउन आग्रह गरेका हुन् ।

कार्यकारी अध्यक्ष दाहालसहित सचिवालय सदस्यहरु माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ सो पत्र बुझाउन शनिबार बालुवाटार पुगेका थिए ।

दुई दिनभित्र बैठक बोलाउन पार्टी अध्यक्षलाई लिखित आग्रह गरेपनि ओलीले भने बैठक बोलाउनेबारे कुनै प्रतिक्रिया नजनाएको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्