Logo

हामी यो दौड जित्दैछौं – बाइडेन



Spread the love

एजेन्सी। डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले जनताले आफूलाई म्यान्डेट दिएको दाबी गरेका छन् । यद्यपी, उनले विजय भने घोषणा गरिसकेका छैनन् ।

‘अहिलेसम्म अन्तिम घोषणा भइसकेको छैन । तर, भोट संख्याले स्पष्ट कुरा बताउँछ । हामी यो दौड जित्दैछौं,’ डेलावेरस्थित आफ्नो गृहनगर विल्मिङटनबाट समर्थकहरुलाई सम्बोधन गर्दै बाइडेनले भने ।

राष्ट्रपति बन्नका लागि आवश्यक २ सय ७० मतमध्ये २ सय ५३ मत बाइडेनको पक्षमा आइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

राष्ट्रपति ट्रम्पको अग्रता भने उत्तरी क्यारोलिनमा मात्रै छ । ट्रम्पको पक्षमा अहिलेसम्म २ सय १४ मतमात्रै देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्