२२ कार्तिककाठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष प्रचण्डसहितका ५ सचिवालय सदस्य प्रधानमन्त्री केपी शर्मा ओली भेट्न बालुवाटार पुगेका छन् । पार्टीभित्र विवाद बढ्दै जाँदा नेताहरु पार्टी कार्यालय धुम्बाराहीमा भेला भएर प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएका हुन् ।
सचिवालयका ५ नेतामा प्रचण्डसहित माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्