Logo

न्युक्यासललाई हराउँदै साउथह्याम्टन उक्लियो शीर्षस्थानमा



Spread the love

एजेन्सी। साउथह्याम्टन इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ ।सेन्ट मेरिज स्टेडियममा शुक्रबार राति भएको खेलमा साउथह्याम्टनले न्युक्यासल युनाइटेडलाई २–० ले पराजित गर्दै शिर्षस्थानमा उक्लिएको हो।

घरेलु टोलीले खेलको सातौ मिनेटमा नै वल्कोटको पासमा चे एडाम्सको गोलबाट अग्रता लिएको थियो । ८२औं मिनेटमा स्टुआर्ट आम्सस्ट्रोङले गोल गर्दै साउथह्याम्टनको अग्रता दोब्बर पार्दै जित पक्का गरे।

प्रिमियर लिगमा ८ खेलमा पाँचौ जित निकालेको साउथह्याम्टनले लिभरपुललाई गोल अन्तरमा पछि पारेको हो ।

यस्तै प्रिमियर लिगको अर्काे खेलमा ब्राइटन र बर्नलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

प्रतिक्रिया दिनुहोस्