२१ कार्तिक, काठमाडौं। तिहारको भाइटीकासँगै सार्वजनिक स्थानमा निःशुल्क खाना खुवाउने अभियान रोकिने भएको छ । काठमाडौं महानगरपालिका र अभियन्ताहरुबीच मंसिर २ देखि खुलामञ्च लगायतका सार्वजनिक स्थानमा खाना नखुवाउने सहमति आज भएको हो ।
निःशुल्क खाना खुवाउनु परेमा वैकल्पिक स्थानको पहिचान गरेर स्थानीय पालिकाहरुसँग समन्वय गर्ने सहमति पनि उनीहरुबीच भएको छ ।
यसअघि महानगरले खाना खुवाउन रोक्न निर्देशन दिएपछि विवाद भएको थियो ।
प्रतिक्रिया दिनुहोस्