Logo

भारतीय सेनाध्यक्ष नरवणे र प्रधानमन्त्री ओलीबीच भेटवार्ता



Spread the love

२१ कार्तिक, काठमाडौं। भारतीय सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री ओलीसँग नरवणेले आज भेटवार्ता गरेका हुन् ।

प्रधानमन्त्री र नरवणेबीच भएको भेटमा दुई पक्षीय हितका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि, आजै विहान सेनाको हेलिकप्टरमार्फत् नरवणेले सगरमाथा क्षेत्रका उच्च हिमाली शृङ्खलाको अवलोकन गरेका हुन् । तीन दिने भ्रमण पूरा गरी नरवणे आजै स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्