Logo

कांग्रेसका थप ६ जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि



Spread the love

काठमाडौं । नेपाली कांग्रेसका थप छ जना केन्द्रीय सदस्यलाई कोरोना पुष्टि भएको छ । बिहीबार केन्द्रीय सदस्य, पार्टी कार्यालयका कर्मचारीलगायत ८२ जनाको पीसीआर परीक्षण गरिएकोमा ६ जना केन्द्रीय सदस्यमा संक्रमण भएको हो ।

केन्द्रीय सदस्यहरु सुरेन्द्र पाण्डे, श्याम घिमिरे, किरण यादव, सुजाता परियार, नसिर सिद्धिकी र कृष्ण किसोर घिमिरेमा संक्रमण देखिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

यसअघि केही केन्द्रीय सदस्यमा कोरोना संक्रमण पुष्टि भएपछि केन्द्रीय समिति बैठक स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्