२० कार्तिक, काठमाडौं । पुण्य गौतमलाई नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष स्वदेश फर्किएपछि मात्रै प्रशासनमा पेस गरिने भएको छ ।
शान्ति भड्काउने अभिव्यक्ति दिएको आरोपमा उनलाई मंगलबार राति नियन्त्रणमा लिइएको थियो ।
जिल्ला प्रशासन कार्यालयबाट उनीविरुद्ध पाँच दिनको म्याद लिइएको छ ।
गौतम विभिन्न यु-ट्युब च्यानलमार्फत असामान्य क्रियाकलाप गर्ने भन्दै उत्तेजक अभिव्यक्ति दिएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्