२० कार्तिक, काठमाडौं। प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता सुरू भएको छ। बालुवाटारमा भएको भेटमा पार्टीभित्र देखिएको विवादबारे छलफल भएको बताइएको छ।
पार्टी विवाद उत्कर्षमा पुगेका बेला दुई अध्यक्षबीच भेट भएको हो। अहिले छलफल जारी छ। यसअघि दुई अध्यक्षबीच कार्तिक १५ गते छलफल भएको थियो। त्यसयता उनीहरुबीच भेटघाट हुन सकेको थिएन।
दोस्रो तहका नेताहरुको सक्रियता र दवावपछि पाचौं दिनमा दुई अध्यक्ष छलफलका लागि जुटेका हुन्।
प्रतिक्रिया दिनुहोस्