Logo

युभेन्टसको फराकिलो जित, बार्सिलोनाको जितमा मेसीको पेनाल्टी गोल



Spread the love

एजेन्सी। युभेन्टसले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार हंगेरीको फेरेन्कभारोसमाथि ४-१ को सानदार जित निकालेको छ ।

खेलको सातौं मिनेटमा नै युभेन्टसले मोराटाको गोलमा सुरुवाती अग्रता बनायो । खेलको ६० औं मिनेटमा मोराटाले दोस्रो गोल गर्दै युभेन्टसको अग्रता दोब्बर पारे । रोनाल्डोले बायाँ विंगबाट दिएको पासलाई उनले पहिलो टचमा नै गोलमा परिणत गरेका थिए ।

मोराटाको स्थानमा मैदान प्रवेश गरेका पाउलो डिबालाले ७२ औं मिनेटमा गोलको खाता खोले ।

८१ औँ मिनेटमा फेरेनसिभारोसका लाशा डेभालीले आत्मघाती गोल गर्दा युभेन्ट्सको अग्रता ४–० भयो । फेरेनसिभारोसका लागि फ्रान्क बोलीले अन्तिम समयमा सान्त्वना गोल फर्काए ।

समूह जीमा लगातार तेस्रो जित हात पारेको बार्सिलोना ९ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो जितपछि ६ अंक जोडेको युभेन्ट्स दोस्रो स्थानमा कायम छ ।

कप्तान लियोनल मेसीको पेनाल्टी गोल र जेरार्ड पिकेको गोल मद्दतमा बार्सिलोनाले युक्रेनी क्लब डिनाभो किभलाई २–१ ले पराजित गरेको छ । खेलको पाँचौ मिनेटमै मेसीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ६५ औं मिनेटमा पिकेले गोल

गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । डिनाभोका लागि ७५औं मिनेटमा भिक्टोर सिगानकोभले सान्त्वना गोल फर्काए ।

प्रतिक्रिया दिनुहोस्