Logo

कोरोना संक्रमित पूर्वसभामुख महराकी पत्नीको शव सेनाले गर्यो ब्यबस्थापन



Spread the love

१९ कार्तिक, काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराकी श्रीमती सीता महराको शव नेपाली सेनाले पशुपतिमा व्यवस्थापन गरेको छ । ५९ वर्षकी महरापत्नी सीताको उपचारका क्रममा नर्भिक अस्पतालमा बुधबार बिहान निधन भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई कात्तिक १३ गते दाङको गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई गत शुक्रबार हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।

नर्भिक अस्पतालमा गरिएको पीसीआर परीक्षणमा सीतालाई कोरोना संक्रमण देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्