एजेन्सी। अर्जेन्टिना फुटबलका लिजेण्ड फरवार्ड डिएगो म्याराडोनाको मस्तिष्कको सफल शल्यक्रिया गरिएको छ । ६० वर्षीय म्याराडोनाको राजधानी ब्युनर्स आयर्स नजिकको अस्पताल ला प्लाटामा मंगलबार म्यारोडोनाको सफल शल्यक्रिया गरिएको हो ।
६० वर्षीय म्याराडोना अस्वस्थ्य भएपछि सोमबार अस्पताल भर्ना भएका थिए । सिटी स्क्यानको नतिजापछि उनको मस्तिष्कमा ब्लड क्लट देखिएको थियो ।
सफल शल्यक्रियापछि म्यारोडोना अस्पतालमै आराम गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्