Logo

कृषि क्षेत्रमा बदमासी गर्नेलाई मैले गेटबाटै तह लगाइदिन्छु – मन्त्री घनश्याम भुसाल



Spread the love

१९ कार्तिक, काठमाडौं। कृषिमन्त्री घनश्याम भुसालले जिम्मेवारी लिएर काम नगर्ने पदाधिकारीहरुमाथि कडा कारवाही गर्ने चेतावनी दिएका छन् ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को व्यवस्थापन तहका अधिकारीहरुसँगको अन्तरकृयामा मन्त्री भुसालले आफू कृषि क्षेत्रको चौकीदार भएको बताए।

मन्त्री भुसालले भने–‘म कृषि क्षेत्रको चौकीदार हुँ । कसैले यसभित्र पसेर बदमासी गर्न खोज्छ, तपाईंहरुलाई गलत काम गर्न दवाव दिन्छ भने मैले गेटबाटै तह लगाइदिन्छु । त्यसो भएपछि तपाईंहरुले त प्रभावकारीरुपमा काम गर्नु पर्यो नि ।’

प्रतिक्रिया दिनुहोस्