एजेन्सी। अमेरिकी राष्ट्रपति पदका लागि डेमोक्रेटिकतर्फका प्रतिद्वन्द्वी जो बाइडेनले निर्वाचनमा विजयी दिशातर्फ गइरहेको विश्वास व्यक्त गरेका छन् । अहिलेसम्म मतगणना भएका राज्यमध्ये बाइडेनले धेरै इलेक्टोरल भएका राज्य आफ्नो पक्षमा पारेका छन् ।
डेलवेरबाट सम्बोधन गर्दै बाइडेनले भने, ‘हामीलाई थाहा थियो यो लामो हुनेछ । सायद भोलि बिहान या त्योभन्दा बढी । हामी जहाँ छौँ हामी खुसी छौँ । हामीलाई विश्वास छ हामी यो निर्वाचन जित्ने दिशामा छौँ ।’ उनले हरेक मत र मतपेटिका नगनेसम्म यो प्रक्रिया नसकिने जिकिर गरे ।
अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा निर्णायक मानिएका राज्यमध्येको एक फ्लोरिडामा ट्रम्पलाई सफलता मिलेको छ । २९ इलेक्टोरल कलेज भोट रहेको यो राज्यमा ट्रम्पले डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनलाई पराजित गरेका हुन् ।
९८ प्रतिशत मतगणना सकिँदा ट्रम्पले ५१ दशमलव २८ प्रतिशत मत पाएका हुन् भने बाइडनको पक्षमा ४७ दशमलव ८२ मत परेको छ ।
२०१६ मा ट्रम्पले फ्लोरिडा जितेका थिए ।