१९ कात्तिक, काठमाडौं । बुधबार भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणे काठमाडौं आइपुगेका छन् । उनि भारतीय वायु सेनाको विमानमार्फत उनकाठमाडौं आइपुगेका हुन् ।
प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा काठमाण्डौ आएका उनलाई मानार्थ प्रधानसेनापतिको दर्जा प्रदान गर्ने कार्यक्रमा रहेको छ ।
भ्रमणको पहिलो दिन आजका लागि भने कुनै औपचारिक कार्यक्रम तय नभएको नेपाली सेनाले जनाएको छ ।
नेपाल र भारतबीच एकअर्का देशका सेना प्रमुखलाई मानार्थ प्रधानसेनापतिको दर्जाबाट सम्मान गर्ने परम्परा रहँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्