एजेन्सी । भारतीय पत्रकार अर्नब गोस्वामीलाई मुम्बई प्रहरीले पक्राउ गरेको छ । रिपब्लिकन टेलिभिजनका प्रधान सम्पादकसमेत रहेका गोस्वामीलाई आत्महत्या दुरुत्साहनको मुद्दामा आज घरबाटै पक्राउ गरिएको हो ।
यद्यपि अहिलेसम्म प्रहरीले भने अर्नबलाई पक्राउ गरिएको आधिकारिकरुपमा जानकारी दिएको छैन ।
गोस्वामीमाथि सन् २०१८ मा एक इन्टेरियर डिजाइनर र उनकी आमाको आत्महत्यामा दुरुत्साहन गरेको आरोप छ ।
प्रतिक्रिया दिनुहोस्