Logo

पूर्वसभामुख कृष्णबहादुर महरालाई पत्नी शोक



Spread the love

१९ कार्तिक, काठमाडौँ। प्रतिनिधिसभा सदस्य तथा पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको निधन भएको छ । ५९ वर्षकी महरापत्नी सीताको उपचारका क्रममा नर्भिक अस्पतालमा बुधबार बिहान निधन भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई कात्तिक १३ गते दाङको गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई गत शुक्रबार हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।

महराका स्वकीय सचिव डिल्ली मल्लका अनुसार नर्भिक अस्पतालमा गरिएको पीसीआर परीक्षणमा सीतालाई कोरोना संक्रमण पनि देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्