एजेन्सी। रियल म्याड्रिडले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार भएको खेलमा इन्टर मिलानलाई ३-२ ले हराउँदै सिजनको पहिलो जित निकालेको छ ।
घरेलु टोली रियलले खेलको २५ औं मिनेटमा बेन्जेमाको गोलबाट सुरुवाती अग्रता बनायो । ३३ औं मिनेटमा टोनी क्रुसको कर्नरमा हेडरमार्फत कप्तान सर्जियो रामोसले गोल गर्दै रियलको अग्रता दोब्बर गर्यो । तर त्यसको दुई मिनेट नबित्दै अर्जेन्टिनी फरवार्ड लौटारो मार्टिनेजले निकोलो बरेल्लाको पासलाई सदुपयोग गर्दै खेललाई २-१ को स्थितिमा फर्काए।
दोस्रो हाफको ६८ औं मिनेटमा इन्टरले इभान पेरिसिचको गोलमा खेल बराबरीमा ल्यायो । ८० औं मिनेटमा रियलले रोड्रीगो गोएसको गोलमा जित पक्का गर्यो।
सिजनको पहिलो जितसँगै रियलले ३ खेलमा ४ अंक जोडेको छ । पुछारमा रहेको इन्टरको मात्र २ अंक छ ।
प्रतिक्रिया दिनुहोस्