Logo

भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउने वडाध्यक्ष रिहा भए धरौटीमा



Spread the love

१८ कार्तिक, काठमाडौं । भारतीय नागरिकलाई नागरिकता दिलाउन सिफारिस दिने वडाध्यक्ष धरौटीमा रिहा भएका छन् । कैलाली धनगढी उपमहानगरपालिका वडानम्बर १२ का अध्यक्ष गणेशप्रसाद जोशी २५ हजार धरौटीमा छुटेका हुन् ।

जिल्ला अदालत कैलालीमा भएको थुनछेक बहसपछि वडाध्यक्ष जोशी २५ हजार धरौटी बुझाएर रिहा भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिए ।

२०७५ साल फागुन २० गते भारतीय नागरिक अलियास अन्सारीलाई नेपाली नागरिकता बनाउन सिफारिस गरेका भन्दै प्रहरीले बिहीबार वडाध्यक्षलाई पक्राउ गरेको थियो ।

उनीसँगै पक्राउ परेका भारतीय नागरिक अन्सारीलाई भने कारागार चलान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्