१८ कार्तिक, काठमाडौँ । र्यापर भिटेन उर्फ समिर घिसिङ प्रहरीले पक्राउ गर्नुअघि नै उच्च अदालत पाटनमा हाजिर भएका छन् । भिटेन आफै अदालतमा हाजिर भएको उच्च अदालतका प्रवक्ता शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।
भिटेनले प्रहरी प्रधान कार्यालय र साइबर ब्यूरोलाई विपक्षी बनाउँदै उच्च अदालत पाटनमा १६ कात्तिकमा निषेधाज्ञासम्बन्धि रिट निवेदन दर्ता गराएका थिए ।
केही दिनअघि भिटेनले सार्वजनिक गरेको नयाँ गीत ‘पारा’माथि छानबिन गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्यूरोलाई निर्देशन दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्