Logo

कोरोना संक्रमितको गाडिएको शब पाँच महिनापछि झिकेर फेरि गरियो दाहासंस्कार



Spread the love

१८ कार्तिक, अर्घाखाँची। अर्घाखाँचीमा कोरोना संक्रमितको शव गाडेको पाँच महिनापछि झिकेर हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिएको छ ।

मालारानी गाउँपालिका ४ खनका ५७ वर्षीय यमप्रसाद खनालको गत जेठ २८ गते बुटवलमा उपचार गरेर फर्कने क्रममा बाटो मै मृत्यु भएको थियो ।

स्वाव परिक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो । कोरोनाका कारण ज्यान गुमाएका उनको शवको अबशेषलाई महिनापछि झिकेर फेरि अन्तिम संस्कार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्