Logo

पश्चिमी वायुको प्रभाव – देशभर आंशिकदेखि सामान्य बदली भई वर्षा हुने



Spread the love

१८ कार्तिक, काठमाडौं। आज देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुने भएको छ । पहाडी क्षेत्रमा उक्त प्रणालीको प्रभाव बुधबार बेलुकासम्म कायम रहने बताइएको छ ।

पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा बुधबारसम्म केही समय घाम लाग्ने र फेरि बदली हुने क्रम चलिरहने मौसमविद् मञ्जु बासीले जानकारी दिए ।

हाल प्रदेश नं १, प्रदेश नं २, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्