![](https://i0.wp.com/kantipurtechbackupsystem.sgp1.digitaloceanspaces.com/IMG/sallerikhabar/2020/11/123412832_358404988579589_3889045754214536081_n-768x576.jpg?resize=707%2C530&ssl=1)
१८ कार्तिक, गुल्मी । गुल्मीको पश्चिम क्षेत्रमा पर्न मालिका गाउँपालिकाका वडा कार्यालयहरु दिन प्रतिदिन असुरक्षित बन्दै गइरहेको छन ।
वडा कार्यालयहरु एक पछि अर्को गरि पटक पटक चोरी हुदा समेत प्रहरी प्रशासनले अहिलेसम्म अपराधीलाई समात्न सकेको छैन् ।
मालिका गाउँपालिका सात घमिरको वडा कार्यालय यो वर्ष दुइ पटक नगदसहित र भौतिक सम्पत्ति चोरी भयो । यस घटनाको दोषी पत्ता नलाग्दै पुन गाउँपालिकाको वडा नम्बर आठको वडा कार्यालयमा चोरी भएको छ ।
सोमबार राती वडा कार्यालयमा तोडफोड गरि ल्यापटप चोरी भएको र बाँकी बिवरण आउदै गरेको वडा सचीव मिन बहादुर खड्काले बताए।
जिल्ला प्रहरीको टोलि घटना स्थल सिमलटारी तर्फ प्रस्थान गरेको गुल्मी प्रहरीले जानकारी दिएको छ । सार्वजनिक सम्पत्तिमा पटक पटक तोडफोड र चोरी हुदा समेत अपराधी पत्ता लाग्न नसक्नु दु:खद विषय हो । घटना बारे अनुसन्धान चलिरहेको प्रहरीको भनाई रहेको छ ।