१८ कार्तिक, काठमाडौं। खुलामन्चमा कोरोना प्रभावितहरुलाई खाना ख्वाउने कार्यक्रमले निरन्तरता पाएको छ । काठमाडौं महानगरपालिकाले सोमबार सडकमा खाना खुवाउने अभियानलाई रोक्न आदेश दिएपनि अभियन्ताले आज पनि खाना ख्वाउने कार्यक्रम जारी राखेको हो ।
आठ महीनादेखि उनीहरुले निरन्तर चलेको कार्यक्रम महानगरको धम्कीले पनि नरोकिने अभियन्ताहरुको भनाइ छ ।
सडकमा खाना खुवाउँदा सरकारको बेइज्जत भयो भन्दै काठमाडौं महानगरले अभियन्तालाई फोन गरेर रोक्न निर्देशन दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्