एजेन्सी। अमेरिकामा राष्ट्रपतीय निर्वाचन आज हुँदैछ । अमेरिकामा हुने चुनावमा अहिलेका राष्ट्रपति तथा रिपब्लिकन पार्टीबाट उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनबीच प्रतिस्पर्धा हुँदैछ ।
हुलाक र मतदान केन्द्रमै गएर अहिलेसम्म ९ करोड ३० लाखभन्दा बढी अमेरिकीले अग्रिम मतदान गरिसकेका छन् ।
अमेरिकामा वालिग मताधिकारको संख्या २४ करोड रहेको छ । अमेरिकामा करिब १५ करोड मतदाताले मतदान गर्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्