Logo

नवाज : दि बिगिनिङ !



Spread the love

“भगवान के भरोसे मत बेठिए, क्या पता भगवान हम्रे भरोसे बेठा हो ।“

अक्षरहन्ट प्रेजेन्टस…

नवाज : दि बिगिनिङ !

स्टारीङ- नवाजुद्दिन सिद्दिकी

प्रारम्भ …

“अब देखि म एक्टिङ गर्न चहान्छु ।”

 “आफ्नो अनुहार त हेर । न रुपरंग, न हाइट, न केहि । त जस्ताले नि फिल्म खेल्छन!”

युपि बुधाना स्तिथ ४०-५० जनाको ठुलो परम्परागत परिवार । सबैले सिध्धै भन्दिए । निकै नमज्जा लागेर आयो नवाजलाई । “ल ठिकै छ” पनि कसरी भनुन त । न त्यो ईलाकामा कसैले एक्टिङ गरेका थिए । आधारभुत शिक्षाको महत्व त कमैले बुझेका थिए । त्यस्तोमा फर्म अफ आर्ट, लिट्रेचर या स्टोरी टेलींङ मिडियमलाई के बुझ्न सक्छन विचराहरुले । उनिहरुलाई त बस खेतीकिसानी, जमिन्दारी, गाँउघरतिर रवाफी जमाउन मात्र आँउथ्यो ।

नवाजको ईरादा भने कन्फर्म थियो एक्टर बन्ने । एक्टिङको चस्काले उनको मनमा हानेको भने धेरै भएको थिएन ।

केमेस्ट्रिमा बिएस्सी ग्राजुयट नवाजले जब केमिस्टको रुपमा काम गर्दै थिए, त्यहि दौरान उनका साथीले उनलाई नाटक देखाउन थिएटरमा लगे । त्यहाँ पुग्दा थिएटर भित्रको माहोलले उनको मन निकै लोभ्यायो । उनले सोचिहाले…

“कस्तो औलोकिक, दर्शक र कलाकारको डाईरेक्ट कन्नेक्सन, यो माहोल, तालीको गुन्जावट ।“

अनि फ्याट्ट ठम्याईहाले ।

 “हो ! यहि त हो ! यहिँ त म रमाउन सक्छु । वाह ! क्या शानदार ! जबरजस्त !! जिन्दावाद !!!“

यसरी दिमागमा क्लिक भैदियो, “दि चस्का अफ एक्टिङ” । त्यो चुस्स बिझेको चस्का… कलिलो रहर… बरोडामा गुजराती प्लेज, लखनउमा भारतिय हिन्दू नाट्य एकाडेमी (BNA)  हुँदै नेसनल स्कुल अफ ड्रामा (NSD), दिल्लीसम्म आईपुग्दा ढकमक्क फुल्दै गयो ।

जर्नी टु अभिनय…

सन १९९६ मा एनएसडीबाट पासआउट पछि, उनले विज्ञापन टाईपको रोल, सडक नाटक, सरकारी प्रोमोसनल प्लेजहरु गर्न थाले । त्यो शिलशिला ४ वर्षसम्म चल्यो । त्यो दौरान दिनभर ४-५ शो गरेपछि दिनको ५०-६० रुपयाँ मिल्थ्यो । उनलाई लाग्यो आखिर संघर्ष गर्नु नै छ भने मुम्बईमा गएर किन नगर्ने । अनि त शयर गरेिहाले सपनाको शहर मुम्बई ।

मुम्बई आएर फिल्मै गर्छु भन्ने केहि सोच थिएन उनको । बस गर्नु थियो एक्टिङ । चाहे स्टेजमा होस, सडकमा होस…जहाँ गरे पनि खाली चाँहि बस्नु नपरोस । खाली बस्ने अवस्था देखि सबैभन्दा डर लाग्थ्यो उनलाई । मुम्बई स्थित वनराई कोलोनीमा एउटै रुम चार पाँच जना बस्दा बेला बेला फाट्टफुट्ट पाईने ससाना रोल खेल्दै दिनहरु बित्दै थिए । प्रायजसो दैनिकी चलाउनको लागि साथीभाईसँग पैसा सापटी लिएर काम चलाँउथे ।

फिल्ममा भने सन १९९९ मा आएको आमिर खानको ‘सर्फरोस’ काम गर्ने मौका पाए । भलै उनको रोल ४० सेकेन्डको रुदै माफि माग्ने सानोतिनो क्रिमिनल किसिमको थियो । त्यतिबेला उनको जिन्दगी नै फ्रस्टु थियो । उनि यति हैरान दिग्दार थिए कि त्यो रोलको भाव त उनकै जिन्दगीसँग मेल खान जान्थ्यो। त्यसैले एक्टिङ गर्दा उनलाई रुन एकदमै सजिलो भएको थियो । लामो ग्याप पछि  सुल, जंगल, मुन्ना भाई एमबिबिएस जस्ता फिल्ममा ससाना रोलमा देखा पर्ने मौका नि पाँउथे ।

उनलाई कहिले काहि गाँउ फर्किन मन नलागेको कहाँ हो र । सरभाईभलको प्रोबल्मस पनि आईरहेको थियो । तर फेरि सोच्थे,

“म गाँउ फर्के पछि गाँउलेले भन्नेवाला छन कि, हाम्ले पैले नै भन्या थिम कि अनुहार त हेर आफ्नो । त कसरी सक्थिस ।“

त्यहि लाजले उनलाई चहाँदाचहाँदै पनि कहिल्यै गाँउ फर्कने हिम्मत आएन ।

उनले त्यो दौरान टेलिभिजनमा पनि ट्राई गर्न खोजेका थिए ।

“त कालोकलौटो छस, तलाई टल्काउन, गोरो देखाउन टाईम सँगै एक्स्ट्रा लाईट पनि लाग्छ ।“

यसरी सबैले रिजेक्ट गरिदिन्थे ।

रिजेक्सन-रिजेक्सन-रिजेक्सेन …

उनले पहिलो फिल्म  ब्लयाक फ्राईडे गरे । त्यसमा उनको ३-४ राम्रा सिन थिए जसबाट उनले केहि आशा गरेका थिए । तर त्यो नि ब्यान्ड भैदियो । सेनसर बोर्डले पास गर्दिएन ।  पछि डेढ दुई वर्षपछि  रिलिज हुदाँ धेरैले पाइरेटेड डिभिडीमा हेरिसकेका थिए ।  र त्यतिबेला केहि हुँदा हुँदै तुहिदियो । रोलहरुबाट मात्र हैन सबैबाट रिजेक्सनको शिकार हुनुपरेको थियो नवाजलाई। ग्यास सकिने … एक महिना सम्म नपाईने , पासपोर्ट बनाउन जाँदा त्यहाँ पनि नहुने । केटी साथीसँग पनि साथी बन्ने खोज्दा त्यहाँबाट रिजेक्सन । फिल्म मिल्यो तर रिलिज नहुने । कहिबाट फिक्स भइसकेको रोल पनि अन्तिममा हटाईने । उनले ठानिसकेका थिए कि,

“म रिजेक्टेड पिस हु ।”

सबै ईच्छाहरु मर्दै थिए । उनी “मेरो डेस्टीनीमा केहि हुनेवाला छैन ।” भन्ने कुरामा फिक्स भईसकेका थिए । त्यसैले उनले कम्प्रोमाईज गरिसकेका थिए कि मेरो भाग्य नै यस्तै हो । रोईधोई, दुखी भएर केहि हुने वाला छैन । त्यसैले जे छ त्यहिलाई अंगाल्दै हिड्नु पर्छ ।

एकबेला यस्तो पनि आयो । कसैले पनि उधारो दिदैन्थे, सबैठाँउ ऋण मात्रै थियो, गोजीमा पैसा नै हुदैन्थ्यो । त्यतिबेला उनि निकै कम्जोर भइसकेका थिए । उनलाई फोबिया जस्तो भइसकेको थियो कि केहि दिनमा उनी मर्नेछन । त्यसैले मुम्बईमा बाहिर-बाहिर घुम्न थाले । ताकि अन्तिमतिर  रूख, बिरुवा, उज्यालो, बाटोघाटो, गाडीघोडा मज्जाले हेर्न सकियोस  । वरिपरीको वातावरण नि त्यस्तै थियो । काम खोज्दा भौतारिदा भौतांरिदै एनएसडीबाटै आएका एक साथीले उनीलाई सधैका लागि छोडिसकेका थिए । अर्का जुनियर भाईको मेन्टल स्तिथि बिग्रिसकेको थियो । सबै दिग्दारी हैरानीमा संघर्षशिल थिए ।

शो टाईम….

२००९ मा डेभ डी फिल्मको “ईमोसनल अत्याचार” नामक गितमा केमियो रोल आयो उनको । “न्युयोर्क”, “पिप्ली लाईभ” को रोलले पनि थोरै पहिचान दिलाईदियो ।  २०१२ मा उनिद्वारा अभिनित “पतङः दि काईट” बर्लिन ईन्टरनेसनल फिल्म फेस्टिभल र ट्रिबेका फिल्म फेस्टिभलमा पनि पुग्न भ्याए । र पछि उनको रोल अभिनय देखेर पुल्तिजर प्राईज विजेता फिल्म समिक्षक रोजर एबर्टबाट अभिनय कौशलको तारिफ गरे ।

र त्यहि वर्ष सुजोय घोषको ‘कहानी’ आयो । जहाँ उनि सुटेड बुटेड टिमिक्क परेको ईन्टेलिजेन्स अफिसरको रुपमा देखा परे । चोर चकारी, पिटाई खाने पहिलेका क्यारेक्टर भन्दा बिल्कुलै अपोजिट थियो कहानीको त्यो क्यारेक्टर । र आफ्नो छोरालाई पहिलोपटक त्यस्तो देखेर नवाज कि आमा निक्कै खुशी भएकी थिईन ।

त्यहिँ वर्ष सन २०१२ मा चिल्लाउदै दमदारका साथ आईदियो  “ग्याङस अफ वासेपुर” ।

“बापका…दादाका…भाईका..  सबका बद्ला लेगा रे तेरा फैजल….”

मध्यान्तर…

 

प्रतिक्रिया दिनुहोस्