Logo

मृत्युसँग लडिरहेकी २१ वर्षीया युवतीमाथि सामूहिक बलात्कार



Spread the love

एजेन्सी । छिमेकी राष्ट्र भारतको दिल्लीस्थित गुडगाउँको एक अस्पतालमा मृत्युसँग लडिरहेकी एक युवतीमाथि सामूहिक बलात्कार भएको घटना बाहिरिएको छ ।

श्वास फेर्न कठिन भएपछि २१ अक्टोबरमा २१ वर्षीया युवतीलाई फोर्टिस अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य अवस्था गम्भीर भएपछि अस्पतालले उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

बेहोस् अवस्थामा भेन्टिलेटरमा उपचाररत रहकै अवस्थामा ती युवतीमाथि अक्टोबर २२ देखि २७ तारिखका बीच बलात्कार भएको अनुमान गरिएको छ।

पीडितका बुवाले छोरीमाथि बलात्कार भएको उजुरी दिएपछि स्थानीय प्रहरीले घटनाको अनुसन्धान शुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्