Logo

कोरोना संक्रमितको उपचारका लागि धरौटी नलिनु – स्वास्थ्य मन्त्रालय



Spread the love

१६ कात्तिक, काठमाडौं । कोरोना संक्रमितहरुको उपचारका लागि धरौटी नलिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालहरुलाई निर्देशन दिएको छ ।

सरकारी निर्देशन अनुसार भन्दै विभिन्न सरकरी अस्पतालले सूचना नै प्रकाशन गरी धरौटी रकम माग गरेपछि सरकारले यस्तो निर्देशन दिएको हो ।

मन्त्रालयको प्रेस ब्रिफिङमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले धरौटी मागेका सरकारी अस्पतालहरुसँग स्पष्टीकरण सोधिएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्