१६ कार्तिक, काठमाडौं। कोभिड -१९ संक्रमितको उपचारका लागि सरकारी अस्पतालले पनि चर्को रकम असुली गर्न थालेको छ । काठमाडौंको टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पनि संक्रमितको उपचारका लागि दैनिक शुल्क तोक्नुका साथै धरौटी माग्न थालेको छ ।
अस्पतालले एक सुचना जारी गरि आइसीयू र भेन्टिलेटर चाहिने गम्भिर विरामीका लागि ५० हजार धरौटी र दैनिक १५ हजार उपचार खर्च लाग्ने जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार कार्तिक १४ गतेबाट संक्रमितको उपचार शुल्क लिने निर्णय गरेको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्